
परासी । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पुरै ध्यान बुद्ध सर्किटको अवधारणामा रहेको बताउनुभएको छ ।
आफू बृहत्तर लुम्बिनी विकास समितिको अध्यक्षमा रहँदा लुम्बिनी गुरु योजनाका विषयमा संयुक्त राष्ट्र संघमा समेत कुरा उठाएको तर्क गनुभयो ।
२५६७ औं बुद्ध जयन्तीका अवसरमा रामग्राम नगरपालिकाले आयोजना गरेको बुद्ध अस्तुधातुको रथ यात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रामग्रामको महत्वलाई व्यापक बनाउन नसक्दा ओझेलमा परेको तर्क गर्नुभयो ।
देश अहिले आर्थिक रुपमा अप्ठ्यारो स्थितिमा रहेपनि सरकारले त्यसलाई क्रमशः सुधार गर्दै लगेको उहाँको भनाई छ । प्रधानमन्त्री दाहालले देशमा भएका सबै पर्यटन क्षेत्रलाई आर्थिक विकासमा ल्याएर जोड्नु पर्नेमा जोड समेत दिनुभयो ।
रामग्रामको विकासका लागि पेस भएको गुरुयोजनाको कामलाई अगाडी बढाउन नगरपालिकाले प्रधानमन्त्रीसँग आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्