
काठमाडौं । नेपालबाट चोरी भएको १६ औं शताब्दीको धम्मकाय बज्रधर बुद्ध मूर्ति हङकङको कलेक्टरले फिर्ता गरेको छ ।
सन् १९९० को दशकमा नेपालबाट चोरी भएको सुनको मुर्ति बुद्ध जयन्तीको अवसरमा आज नेपाली महावाणिज्य दूतावास हङकङलाई कलेक्टरमार्फत हस्तान्तरण गरिएको हो ।
३७ इन्च अग्लो सो सुनको मूर्ति दोलखाको कोरछेन श्रेष्ठ परिवारको भएको बताइएको छ । सो मुर्ती सन २०२२ सेप्टेम्बर मा हङकङस्थित आर्ट डिलर रोसी एन्ड रोसीको संग्रहमा रहेको जनाएको छ । एक अज्ञात कलेक्टरले मूर्ति रोसी र रोसीलाई दिएको र बुद्ध मुर्ति नेपालबाट चोरी भएको थाहा पाएपछि, कलेक्टरले स्वेच्छाले नेपाललाई फिर्ता गरेका हुन् ।
मुर्ति फेला परेपछि, ग्लासगो विश्वविद्यालयमा क्रिमिनोलजी विषयका लेक्चरर र नेपाल हेरिटेज रिकभरी क्याम्पेनको सल्लाहकार बोर्डमा काम गर्ने एमिलीन स्मिथले डिलरसँग सम्पर्क गरेको र कलेक्टरलाई फिर्ता गर्न आग्रह गरेका थिए । हङकङका लागि नेपालका महावाणिज्य दूत उदयबहादुर राना मगरले मूर्ति नेपालमा फिर्ता गराउन संलग्न सबैलाई धन्यवाद दिनुभयो । पुरातत्व विभागमार्फत मुर्ति यथाशीघ्र नेपाल पठाउने दूतावास जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्