१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डा. मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत


884
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. मिनेन्द्र रिजाललाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गर्नुभएको छ ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम डा. रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गर्नुभएको हो ।

गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्री उठ्नु भएका उहाँ पराजित हुनुभएको थियो । महामन्त्रीमा पराजय भोगेसँगै उहाँले रक्षामन्त्रीबाट समेत राजीनामा दिनुभएको थियो ।

डा. रिजालले गत निर्वाचनमा चुनाव लड्न टिकटसमेत पाउनु भएनन् ।