१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार भारतीय कामदारको मृत्यु


1.287k
Shares

काठमाडौं । इलाममा घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार जना भारतीय कामदारको मृत्यु भएको छ ।

इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार जना कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार सूर्योदय नगरपालिका–१० फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको थियो ।

मृत्यु हुनेमा बिहार किसानगञ्जका तोसिव आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् । मृत्यु हुनेमा १८ देखि २० वर्ष उमेर समूहका रहेका छन् ।