
एजेन्सी । घरेलु टोली पाकिस्तानले चौथो खेलमा न्युजिल्यान्डमाथि सानदार जित हात पारेसँगै आईसीसी ओडिआई विश्व वरियतामा शीर्ष स्थानमा उक्लिएको छ ।
लगातार चार जितका साथ पाकिस्तानले भारत र अष्ट्रेलियालाई पछि पार्दै ओडिआई वरियतामा शीर्ष स्थानमा उक्लिएको हो ।
कराँचीमा रहेको नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नयाँ वरीयतामा अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, इंग्ल्यान्ड चौथो तथा न्युजिल्यान्ड पाँचौ स्थानमा रहेका छन् ।
नेपाल भने १४ औं स्थानमा यथावत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्