
काठमाडौं । कञ्चनपुरमा ड्यूटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सईमाथि खुकुरी प्रहार भएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसीरमाथि स्थानीय युवाहरुको समूहले खुकुरी प्रहार गरेको प्रहरीले बताएकाे हाे ।
सई चैसीरमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । स्थानीय युवाको समूहले होहल्ला गरिरहेका बेला सम्झाउन खोज्दा चैसिरमाथि खुकुरी प्रहार भएको हाे । सई चैसिरको बायाँ पाखुरामा चोट लागेको छ ।
खुकुरी प्रहार गर्ने युवाहरु फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले बताएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले कञ्जभोजस्थि जोगबुढा नदीको झोलुंगे पुलमाथि बसेर होहल्ला गरिरहेको अवस्थामा सम्झाई-बुझाई गर्दा सई चैसीरमाथि खुकुरी प्रहार भएको बताउनुभयो ।
चैसीर गस्तीमा खटिएको समयमा १०-१५ जनाको समूहले खुकुरी प्रहार गरेको र उनीहरुको खोजी कार्य भइरहेको पनि प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्