८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चलचित्र ‘ह्यासट्याग माया’ को छायांकन आगामी सातादेखि


819
Shares

काठमाडौं । ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार चलचित्र ‘ह्यासट्याग माया’ को शुभमुहूर्त गरिएको छ ।

चलचित्रको छायांकन भने आगामी साताबाट सुरू हुनेछ । फिल्मको छायांकन काठमाडौं, पोखरा, बर्दिया र धरानमा हुने निर्माण पक्षले जानकारी दिएको छ ।

राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिएका छन् ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने चलचित्रमार्फत गुरुङले निर्देशनमा डेब्यु गरेका हुन् । शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रीत रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा रहेकी छन् ।

चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायाङ्कन र रेलिजा श्रेष्ठको कला निर्देशन रहनेछ ।