१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सरकारले सक्दो सहयोग गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ


338
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनु भएको छ ।

शनिबार बिहान काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुग्नु भएका उहाँले त्यसलाई निरन्तरता दिन र अझ उचाईमा पु¥याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुको भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग जति सक्दो चाँडो गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले राम्रो कामलाई आत्मासात गर्दै, सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने जानकाारी दिनुभयो । उहाँले मानवीय सेवाको काममा सबैले साथ, सहयोग र सम्मान गर्नुपर्ने स्मरण गराउनुभयो ।

त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरुले अबको २ वर्ष भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको जानकारी उपप्रधानमन्त्री श्रेष्ठलाई गराउनु भएको थियो ।