११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


उदीयमान खेलाडी बने क्रिकेटका सुवास भण्डारी


1.274k
Shares

काठमाडाैं । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको उदीयमान खेलाडी क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै भण्डारी उदीयमान खेलाडी घोषित भएका हुन् ।

१९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु–१९ का पहिलो रोजाइका अलराउन्डर हुन् भने गण्डकी प्रदेशको यु–१९ टिमका कप्तानसमेत हुन् । नेपाललाई यु–१९ विश्वकप छनोटमा पु¥याउन उनको ठूलो योगदान थियो ।

नेपालले क्रिकेटको यु १९ विश्वकप खेल्दैछ । भण्डारीले यु–१९ विश्वकप छनोटका लागि पाँच खेल खेले, जसमा उनले कुल ७ विकेट लिएका थिए ।

भण्डारीले सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट, हङकङविरुद्ध १० ओभरमा १० रन खर्चेर २ विकेट, मलेसिया विरुद्ध ९ ओभरमा ३० रन खर्चेर १ विकेट र युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए । बागलुङमा जन्मिएका भण्डारी कास्कीमा नै रहेर क्रिकेट खेलिरहेका थिए ।