
काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताउनुभएको छ ।
पार्टीको दलित संगठनले गरेको कार्यक्रममा उहाँले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताउनुभयो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै उहाँले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताउनुभयो ।
यसबीचमा सरकारमाथि घेराबन्दी र दबाव आउन सक्ने भन्दै उहाँले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताउनुभयो ।
यसवर्षको नीति तथा कार्यक्रम र बजेटबाट दलितहरुका लागि विशेष घोषणा गर्ने प्रधानमन्त्री दाहालले आश्वासन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्