
काठमाडाैं । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ ।
आज अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायत भ्रष्टहरुलाई कारबाही गर्न मागसहित सरकारलाई दवाव दिँदै प्रदर्शन गरे ।
उनीहरुले भ्रष्टाचारमा संलग्नहरुलाई नछोडन सरकारलाई खवरदारी गरेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरु मुछिएपछि उनीहरुलाई कारबाही गर्न सरकारमाथि दवाव परेको छ ।
यता, सरकारले सो प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । तर पक्राउ पूर्जी जारी गरिएका एमाले सचिव समेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन । उनलाई उन्मुक्ति नदिन पनि सरकारलाई प्रर्दशनकारीहरुले सचेत गराएका छन ।
प्रतिक्रिया दिनुहोस्