
काठमाडाैं । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार न्युरोड टिम एनआरटीलाई ४–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएको हो ।
चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गोल गरे । सुशील शाहले एक गोल थपे । एनआरटीका दिपेश आले मगरले एक गोल फर्काए । शीर्ष स्थानमा उक्लिएको चर्च ब्वाइजको यो सातौं जित हो ।
चर्च ब्वाइजले १५ खेलमा २७ अंक जोडेको छ । एनआरटीको जारी लिगमा छैटौं हार हो । एनआरटीले १५ खेलमा १७ अंक जोडेको छ । आजै भएको अर्को खेलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामासातदोबाटो र मनाङले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । बराबरीसँगै सातदोबाटोले १५ खेलमा २३ अंक जोडेको छ । मनाङले १५ खेलमा १९ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्