
काठमाडौं । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका बेपत्ता तीन जनाको हिउँ पहिरामा पुरिएर मृत्यु भएको छ ।
जुम्लाको पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाले जनाएको छ ।
यार्सा टिप्न पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको र अन्य सामान्य घाइते भएको जनाइएको छ ।
इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
यार्सागुम्बा संकलन गर्न गाउँपालिकाले आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति दिने भनेको तर यो टोली अर्कै बाटो प्रयोग गरि मुगुको पाटनमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्