
फाइल तस्बीर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चारसम्बन्धी नयाँ कानून निर्माणका क्रममा सरोकारवाला पक्षसँग व्यापक रूपमा छलफल गर्ने बताउनुभएकाे छ ।
आठौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना र संरचना निर्माण गर्ने बताउनुभएकाे छ ।
साथै उहाँले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकारवाला पक्षसँग व्यापक रूपमा छलफल र सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्