
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार एक हजार २ सय रूपैयाँले घटेर एक लाख १० हजार ६ रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने आइतबार स्थिर रहेर १ हजार ४४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्