
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नकारात्मक भावनाबाट गुज्रिरहेको समाजलाई सकारात्मकतातर्फ लैजान सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ ।
आइतबार गोरखापत्र संस्थानको १२३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले समाज नकारात्मकतातर्फ बढी उन्मुख भइरहेको उल्लेख गर्दै सकारात्मकततर्फ लैजान सञ्चार माध्यमहरुको भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार, सत्ता सञ्चालन गर्नेहरुबाट भएका कामहरुको बारेमा गोरखापत्रले विशेष स्थान बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सकारात्मक कामहरुलाई व्यवस्थित ढंगले जनतासमक्ष पुर्याउनसके जनतामा सरकार र राज्यप्रति फैलिरहेको नकारात्मक भावनाको अन्त्य हुने बताउनुभयो। नागरिकलाई आशावादी बनाउन सञ्चार माध्यमको उल्लेखनीय भूमिका रहने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सरकारले पनि आवश्यक रहेको महसुश गरिरहेको मन्त्री शर्माले बताउनुभयाे । साथै आम सञ्चार प्रतिष्ठान ऐन बनाउने अन्तिम तयारीमा सरकार पुगेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्