१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित


13.091k
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ ।

जाहेरीकर्ताको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि अर्को निवेदन आएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको हो ।

आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो ।

हालसम्म २२ पटक पेशीमा चढेको उक्त मुद्दा ८ पटक स्थगितको सूचीमा परेको छ भने १४ पटक विभिन्न आदेश भएको छ ।

यसअघि वैशाख ११ गतेको पेसीमा चढेको उक्त मुद्दामा पीडित किशोरीको स्वास्थ्य परीक्षण गराउने डाक्टरलाई नै झिकाएर बकपत्र गराउने आदेश भएको थियो ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।