१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘बजेट अधिवेशनलाई व्यवस्थित बनाउने’


65
Shares

काठमाडौं । कार्य व्यवस्था परामर्श समितिकाे बैठकमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउने बारेमा आइतबार छलफल भएको छ ।

संसदमा बैठकलाई कसरी व्यवस्थापन र प्रभावकारी बनाउने भन्ने बारेमा समितिको बैठक छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभएकाे हाे । उहाँले सदनलाई व्यवस्थित बनाएर अघि बढ्न नियमावलीमा व्यवस्था भएका कुरालाई कार्यान्वयन गरेर जाने बारेमा छलफल भएको बताउनुभयो । उहाँले सांसदहरुको हाजिरी अनलाइन हुनुपर्ने व्यवस्थाका बारेमा पनि छलफल भएको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आजको कार्य व्यवस्था परामर्श समितिको बैठकमा महिनाको एक पटक प्रधानमन्त्रीले संसदमा जवाफ दिने बारेमा पनि छलफल भएको बताउनुभयो । उहाँले बैठकमा बजेट अधिवेशनलाई व्यवस्थित बनाउने बारेमा छलफल भएको बताउनुभयो ।