११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


काठमाडौं आउँदै गरेकाे यात्रुबाहक बस दुर्घटना


8.008k
Shares

काठमाडौं । रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा भएको छ ।

रामेछापको गुराँसेबाट छुटेको बा २ ख ८४१८ नम्बरको बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल लगिएकोे छ ।

बांकी १० जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।