
काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले एपीएफलाई हराएको छ । दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्रले एपीएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा ओलावाले अफिजले विजयी गोल गरे । बराबरीतर्फ उन्मुख खेलको अतिरिक्त समयमा अफिजले मछिन्द्रलाई महत्वपुर्ण तीन अंक दिलाए । जितसँगै मछिन्द्र उपाधि होडमा फर्किएको छ ।
जितसँगै मछिन्द्रले १५ खेलबाट २४ अंक जोडेको छ । एपीएफको १९ अंक छ । आजै भएको अर्को खेलमा नेपाल आर्मीले पुछारको टिम संकटासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
कप्तान भरत खवासको गोलमा अग्रता बनाएको आर्मीले त्यसलाई अन्तिमसम्म जोगाउन सकेन् । खेलको इन्जुरी समयमा संकटाका फरवार्ड युसुफ एट्रिसले पेनाल्टीमा गोल गर्दै संकटाको हार टारे । रेलिगेशन जोनमा रहेको संकटाले १५ खेलबाट १७ अंक जोडेको छ । आर्मीले समान खेलबाट २१ अंक जोडेको छ ।
प्रतिक्रिया दिनुहोस्