
एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा एउटा कारले सर्वसाधारणको समूहलाई ठक्कर दिदा ७ जनाको मृत्यु भएको छ ।
टेक्सस र मेक्सिकोको सीमा नजिक ब्राउन्सभिल शहरमा आप्रवासीहरुको आश्रयस्थल नजिकको बस स्टपमा भएको घटनामा ६ जना घाइते भएका हुन् । मृत्यु हुनेमा भेनेजुएलाका पुरुषहरु रहेका छन् ।
आश्रयस्थलमा रहेका आप्रवासीहरुको २० जनाको समूह बस चढ्ने क्रममा बसस्टप पुगेकै बेला तीब्र गतिमा आएको कारले एकपछि अर्कोलाई ठक्कर दिएको हो । घटना नियोजित हो वा होइन भन्ने बारेमा केही खुलाइएको छैन ।
कारको गति अनियन्त्रित नभएर घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्नका लागि थप अनुसन्धान सुरू गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्