२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पाकिस्तानमा एक जनाकाे हत्या


247
Shares

एजेन्सी । पाकिस्तानमा राजनीतिक भाषणका क्रममा इसनिन्दाको आरोपमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मर्दान शहरमा राजनीतिक र्‍यालीमा मौलाना निगार अली नामका एक व्यक्तिले स्थानीय राजनीतिक नेताको विरोध गरेको र धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै कुटपिट गरिएको हो ।

स्थानीयको कुटपिटबाट बच्न एक पसलमा पुगेका उनलाई पसल तोड्फोड गरी पुनः कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको पहिचान भइसकेको र छिट्टै कानूनी दायरामा आउने बताएकाे छ ।

घटनामा मारिएका मौलाना निगार अली स्थानीय मस्जिदका इमाम रहेको बुझिएको छ । प्रहरीको लापरबाहीले घटना भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।