१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईपीएल क्रिकेटमा हैदरावाद विजयी


130
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेकाे छ ।

आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १४ रन बनाएकाे हाे । उसका लागि जोस बट्लरले सर्वाधिक ९५ रन बनाउँदा सन्जु सामसन ६६ रनमा अविजित रहेका थिए ।

जवाफमा २ सय १५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गरेकाे थियाे । अन्तिम बलमा ४ रन आवश्यकता भएकाे समयमा अब्दुल समादले छक्का प्रहार गर्दै हैदरावादलाई रोमाञ्चक जित दिलाएका थिए । हैदरावादको जितमा अभिषेक शर्माले ५५ रन बनाउँदा राहुल त्रिपाठीले ४७ रनको योगदान गरेका थिए ।

बलिङतर्फ राजस्थानका युजवेन्द्र चहलले ४ विकेट लिएका थिए । आइतबार रातिको खेलपछि आइपिएल क्रिकेटमा ११ खेलबाट १६ अंक जोडेको गुजरात शीर्ष स्थानमा रहँदा १३ अंकसहित चेन्नाई दोस्रो स्थानमा रहेकाे छ ।

११ अंक जोडेको लखनउ तेस्रो स्थानमा रहँदा १० अंकसहित राजस्थान चौथो स्थानमा रहेकाे छ ।