
काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा साेमबार महिलाहरुले मात्र तानेका छन् ।
वर्षा र सहकालका देवता भनेर पुजिने याे रथयात्रालाई साेमबार बिहान लितपुरको लगनखेलबाट महिलाहरुले मात्र तानेका हुन् । साेमबार बिहान ललितपुरको लगनखेलबाट महिलाहरुले रथ तानेका हुन् । उनीहरुले लगनखेलबाट इटिटोलसम्म रथ पुर्याएका छन् ।
अब साइत हेराएर रथ तान्दै जावलाखेल पुर्याइने जनाइएकाे छ । वैशाख शुक्ल प्रतिपदादेखि पुल्चोकबाट मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको थियो । असार शुक्ल चौथीमा जावलाखेलमा भोटो देखाएपछि रथयात्रा सम्पन्न हुन्छ ।
करिब दुई महिनासम्म चल्ने रातो मच्छिन्द्रनाथको रथ यात्रालाई नेपालकै सबै भन्दा लामो रथयात्राको रुपमा लिने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्