
काठमाडौं । भैरहवा विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान बीचबाटोबाटै भैरहवा फर्किएको छ ।
साेमबार बिहान उडान नम्बर एसएचए ८ सय २२ नम्बरको विमानमा खराबी देखाएकाले काठमाडौं आउँदै गर्दा फेरी भैरहवा नै फर्किएको हो । चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् ।
भैरहवाबाट साेमबार बिहान ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछि मात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि विमान भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको भैरहवा विमानस्थलले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्