१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवाजुद्दीनकी श्रीमतीले मुद्दा फिर्ता लिने, इन्स्टाग्राम मार्फत मागिन् माफी


7.267k
Shares

एजेन्सी । भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती आलिया सिद्दिकीले श्रीमान विरुद्धको मुद्दा फिर्ता लिने भएकी छिन् ।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत एउटा पोष्ट सेयर गर्दै उनले मुद्दा फिर्ता लिन्छु भन्दै आफ्नो गल्तीको लागि माफी मागेकी हुन् ।

केही हप्ता अगाडी आलियाले नवाजले आफू र छोराछोरीलाई घरबाट निकालेको र घरमा आफूलाई बन्दी बनाएर राखेकाे आरोपमा मुद्दा दर्ता गराएकी थिइन् ।

उनले अब, नवाज र उनको परिवार विरुद्धको मुद्दा फिर्ता लिने कुरा गरेकी छन् । नवाजको गल्तीलाई माफ गर्दै आलियाले अगाडि बढ्ने र भविष्यलाई राम्रो बनाउन प्रयास गर्ने बताएकी छिन् ।

आलियाले ‘विगतको चक्रव्यूहमा अल्झिएर बस्नु ठीक होइन, असल श्रीमान श्रीमती बन्न सकेनौँ तर असल अभिभावक बन्न सक्छौँ भन्दै पोष्ट सार्वजनिक गरेकी छिन् ।

नवाजको आमा र आलियाबीच चलिरहेको अंशवण्डा झगडाका कारण नवाज अहिले आफ्नो घरबाट टाढा गएर होटलमा बस्दै आएका छन् ।

उनले विवाद अन्त्य नभएसम्म घरबाट टाढा रहने र हाेटलमा नै बस्ने निर्णय गरेका छन् ।