२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा एमालेको आपत्ति


390
Shares

काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय सभाको साेमबारको बैठकमा सुरुमै नियमापत्ति जनाएको छ ।

सोमबार बसेको बैठकमा एमालले आइतबारको बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाएको हो । आइतबार राष्ट्रिय सभा सदस्य रायमाझीले एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको जड्खेलो छोरो भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

सोही अभिव्यक्तिलाई लिएर एमालेले नियम आपत्ति जनाएको हो। बैठकमा राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीले दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाँले यस्ता शब्दहरुले संसद र सांसद स्वयंको पनि गरिमा घट्ने बताउनुभयो ।

नियमापत्तिसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अडियो सुनेर नियम विरुद्धमा रहेको भए मंगलबार बस्ने बैठकमा जानकारी गराउने प्रतिवद्धता जनाउनुभयो ।