२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमरेशविरुद्ध अख्तियारमा उजुरी


82.563k
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आरजु देउवानिकट नेपाली कांग्रेसका नेता विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिनुभएको हो ।

सिंहलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

कांग्रेसमा राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थाल्नुभएको हो । त्यसयता उहाँले ठूलो आर्थिक फड्को मारेको र निर्वाचनमा मतदाता पनि किनेको दाबी उजुरीमा गरिएको छ ।