७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


थप ५७ जनामा कोरोना संक्रमण पुष्टि


143
Shares

काठमाडौं । देशभर थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो ।

७ सय १६ जनाको पीसीआर र १ हजार २ सय १५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।