२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कक्षा १२ को परीक्षा आजदेखि


286
Shares

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । परीक्षा अहिले बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार चार लाख ६७ हजार विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुने छन् । यो वर्षको १७ जना विदेशी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । विदेशी विद्यार्थीले अनिवार्य नेपालीको सट्टा अंग्रेजी र सामाजिक तथा जीवन उपयोगी शिक्षा विषय अंग्रेजी भाषामा दिन पाउनेछन् । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने पनि बोर्डले जनाएको छ ।

परीक्षाका लागि देशभर एक हजार ४ सय ५३ परीक्षा तोकिएका छन् । १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने बोर्डले जनाएको छ ।

गत वर्ष दुई भन्दा बढी विषयमा अनुत्तीर्ण भएकाहरुलाई यस वर्षदेखि ग्रेड वृद्धि परीक्षामा सहभागी गराउन लागिएको हो । दुई विषयसम्म अनुत्तीर्ण हुनेहरुले भने सोही वर्ष मौका परीक्षा दिन पाउने ब्यवस्था छ ।

बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्ने भएका छन् । परीक्षा जेठ ५ गतेसम्म संचालन हुनेछ ।

परीक्षामा अनैतिक क्रियाकलाप गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । परीक्षामा नियमविपरीत कार्य गर्ने विद्यार्थीमाथि १ वर्षसम्म परीक्षा रद्ध र १ लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।