७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोलकत्ताले पन्जाबलाई हरायो


325
Shares

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किंग्सलाई हराएको छ ।

सोमबार राति घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा कोलकत्ताले पन्जावलाई ५ विकेटले हराएको हो ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकत्ताका लागि कप्तान नितिश राणले ५१, आन्द्र रसेलले ४२, जेसन रोयले ३८ तथा रिंकु सिंहले अविजित २१ रन बनाए ।

पन्जाबका लागि राहुल चहरले २ तथा हरप्रित ब्रार र नाथन एलिसले समान १/१ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान शिखर धवनले ५७, साहरुख खानले अविजित २१, जितेश शर्माले २१, ऋषि धवनले १९, हरप्रित ब्रारले अविजित १७, लियम लिविङ्स्टोनले १५ तथा प्रभशिमरन सिंहले १२ रन बनाए ।

कोलकत्ताका लागि वरुण चक्रवतीले ३, हर्षित राणाले २ तथा सुयश शर्मा र कप्तान नितिश राणाले समान १/१ विकेट लिए ।

जितसँगै कोलकत्ता ११ खेलबाट १० अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । कोलकत्तासँगै राजस्थान, बैंग्लोर, मुम्बई र पन्जाबको पनि समान १०÷१० अंक छ । पन्जाब अंक तालिकाको सातौं स्थानमा छ ।