
काठमाडौं । आज (मंगलबार) वैशाख २६ गते अर्थात कानुन दिवस । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।
नेपालमा वि.सं. २००८ मा प्रधानन्यायाधीश ऐन जारी भई वि.सं. २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको हो ।
नागरिकहरूको निष्पक्ष न्याय अनि समानताको चाहनालाई पूर्वपरिभाषित गर्दै हरेक वर्ष कानुन दिवस विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउने गरिन्छ ।
कानून दिवसको अवसरमा सर्वोच्च अदालतले मंगलबार दिउँसो २ बजे शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्