२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


546
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार तीन खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा थ्री स्टार क्लबले न्युरोड टिम एनआरटीसँग खेल्नेछ ।

च्यासल मैदानमा दिउँसो ३ बजे नै संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, साँझ ६ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।