
नेपालगञ्ज । नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक रूपमा कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ ।
भारतबाट आउने मानिसहरुको नाकामा परीक्षण गरी काेराेना संक्रमण पुष्टि भएमा होम आइसोलेसनमा पठाउने गरिएको हाे । जमुनाह नाकामा हेल्थ डेस्क राखिए पनि अहिले सञ्चालमा छैन् । नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधि समेत दिने गरिएको छ । तर नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको हो ।
सबैले परीक्षण गर्न नमान्ने र नाका हुँदै नेपाल भित्रिने सबैलाई अनुगमन गर्ने अवस्था नभएका कारण यकिन तथ्यांक आउन सकेको छैन् । भारतका पञ्जाब, दिल्ली र लखनउबाट आउने यात्रुमा बढी कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना संक्रममितको संख्या बढ्न थालेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्