७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


काँकड्भिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानी


9.113k
Shares

झापा । झापाको काँकडभिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानका नागरिक रहेका छन् ।

भुटान बाहेक यो नाका भएर अन्य मुलुकका पर्यटक ज्यादै कम आउने गरेका हुन् । ३ वर्षको अवधिमा काँकडभिट्टा नाकाबाट भिसा लिएर १ हजार ९ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएकाे छ ।

जसमध्ये १ हजार ७ सय १८ जना भुटानी नागरिक रहेका छन् । सोही अवधिमा काँकडभिट्टा नाकाबाट भिसासहित नेपाल प्रवेश गर्ने भुटान बाहेक तेस्रो मुलुकका पर्यटक १ सय ९६ जना मात्र रहेका छन् ।काँकडभिट्टा नाका पर्यटकका लागि पूर्वी नेपालको प्रमुख प्रवेशद्वार हो । भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्न भिसा लिनु पर्दैन ।

उनीहरू परिचय खुल्ने सामान्य कागजातकै आधारमा नेपाल प्रवेश गर्न पाउँछन् । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकमा भूटानपछि बंगलादेशका नागरिक रहेको बताउनुभयो । तेस्रो मुलुकका पर्यटकहरू नेपाल आउन सहज होस् भनेर नेपालले १२ वटा अफ्रिकी र एशियाली मुलुक बाहेकका अरु विदेशी नागरिकलाई नाकामै अध्यागमन कार्यालयमार्फत प्रवेशाज्ञा प्रदान गर्ने गरेको छ ।

कोभिड-१९ पछि शून्यमा झरेको पर्यटक आगमन त्यसपछिको ३ वर्षमा लगातार सुधार भइरहेको अध्यागमन कार्यालयले जनाएकाे छ ।