१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाललाई अन्तर्राष्ट्रिय खेलहरुको हबको रूपमा विकास गरियोस् : खिमलाल देवकोटा


91
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरुलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताउनु भएको हो ।

खेलाडीहरुको उचित सम्मान र पुरस्कृत गर्नुपर्ने बताउनु हुँदै सदस्य देवकोटाले राष्ट्रको लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन बढेको गुनासो आइरहेको भन्दै त्यस्तो प्रवृत्ति भए हटाउन आग्रह समेत गर्नुभयो ।

सदस्य देवकोटाले खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरुको हबको रूपमा नेपाललाई स्थापित गर्न आग्रह गर्नुभयो ।