२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन् : देवेन्द्र दाहाल


442
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिने गरेको बताउनुभएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरु रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्न गर्नुभएको छ ।

सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गर्नुभयो ।

उहाँले भ्रष्टाचार न्युनिकरण गर्न सरकारका प्रतिवद्धताहरु पनि माग गर्नुभयो ।