
काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्ता गठबन्धन फेरबदल नभइ अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र दुर्घटना हुने निश्चित रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई विदेशीह र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको दाबी गर्नुभयो ।
उहाँले अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्ल्प हुने निश्चितप्रायः रहेको बताउनुभयो ।
सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल आउनु अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्