
काठमाडौं । कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ७० वर्ष पुगेको छ ।
२००८ सालमा प्रधान न्यायालय ऐन बनेपछि २००९ बैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागु भएको सम्झानामा हरेक वर्ष आजको दिनलाई कानून दिवसको रुपमा मनाउने गरिएको हो ।
कानून दिवसको अवसरमा सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले स्वतन्त्र न्यायापालिका, विधिको शाशसन, संवैधानिक सर्वोच्चता एवम् लोकतान्त्रीक मूल्य मान्यता प्रति प्रतिवद्ध रहि सुदृढ, निष्पक्ष र सक्षम न्यायपालिकाको प्रवद्धन गर्न आजको दिनले प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा मुख्य रजिष्ट्रार कुवंरले न्यायिक ईतिहासको अत्यन्त कठिन परिस्थितीमा पनि स्वतन्त्र न्यायापालीकाको मूल्य मान्यतालाई अक्षुण राख्दै नागरिकको हकअधिकारको संरक्षणमा न्यायपालीकाले महत्वपूर्ण भुमीका रह्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्