२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नक्कली भूटानी शरणार्थी मुद्दामा प्रहरीलाई दवाव दिनु देशप्रतिको गद्दारी हो : भीम रावल


598
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उहाँले पछिल्लो समय भूटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभयो ।

उहाँले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण ठगी मात्रै नभइ मानव बेचबिखन र राष्ट्र बिरोधी कुकृत्य भएको बताउनुभयो । उहाँले नक्कली भूटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताउनुभयो ।

नेता रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुलाई सत्य कुराको खण्डनमा उत्रिन चुनौति दिनुभयो । उहाँले सभापति लामिछानेले गृहमन्त्री रहँदा निजी कम्पनीलाई सम्पूर्ण विवरण हेर्ने अधिकार दिएको बिरोध गर्नुभयो । उहाँले दुई वटा देशका नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको हो ? भन्द प्रश्न गर्नुभयो ।

नेता रावलले काँडेतारको साहित्यिक अर्थ नबुझ्ने व्यक्ति सञ्चार मन्त्रालयमा भए तत्काल मन्त्रालय छोड्नुपर्ने बताउनुभयो ।