
काठमाडौं । चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशभक्त चलचित्र निर्माण गर्दा राज्य नै विरोधमा उत्रिएको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा चलचित्र काँडेतारबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले चलचित्र काँडेतार प्रदर्शन गर्न नदिन स्वयं राज्य सत्ता नै लागेको आरोप लगाउनुभयो ।
उहाँले सेन्सर बोर्डले केही संवाद र दृश्य काट्न निर्देशन दिएको भन्दै कुनै संवाद र दृश्य नकाटी प्रदर्शन गर्न पाउनुपर्ने माग आफ्नो रहेको बताउनुभयो । उहाँले देशभक्त चलचित्रलाई राज्य सत्ता नै लागेर खेदेको बताउनुभयो । उहाँले देशभक्त चलचित्र प्रदर्शन गर्न नदिने र फिल्ममा त्यस्ता अपाच्य दृश्य भए जेल सजानय भोग्न आफू तयार रहेको बताउनुभयो ।
अध्यक्ष खड्काले देशभक्त चलचित्रबारे बोल्न ठूला र नयाँ पार्टीका नेताहरु नै हिच्किचाएको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्