
संखुवासभा । जिल्ला समन्वय समिति संखुवासभाकी उपप्रमुख बबिता अधिकारीले दुर्गम क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनु पर्ने बताउनुभएको छ ।
संखुवासभाको खाँदबारी जिल्ला अस्पतालमा सञ्चालित तीन दिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दे उहाँले आर्थिक अवस्था कमजोर भएका विपन्न समुदायमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनु पर्ने बताउनुभएको हो ।
उपप्रमुख अधिकारीले अझै पनि दुर्गम क्षेत्रका नागरिक आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण रोग पाल्न बाध्य भएकाले स्वास्थ्य सेवामा सबैको पहुँच हुनु पर्नेमा जोड दिनुभयो । अझ शारिरीक रुपले अशक्त व्यक्तिका लागि निःशुल्क स्वास्थ्य शिविर आवश्यक रहेको उहाँको भनाई थियो ।
गोर्खा वेलफेयर ट्रष्ट नेपालले आयोजना गरेको शिविरमा निःशुल्क कान र अपांगता भएका नागरिकको स्वास्थ्य परिक्षण गरी औषधि बितरण गरीएको थियो ।
शिविरमा कानको अप्रेशन, श्रवण यन्त्र बितरण, अपांगता नापजाँच, कृतिम अंग बितरण र सहयोगी सामाग्री पनि बितरण गरिएको थियो ।
शिविरमा जिल्लाभरका ५ सय भन्दा बढीले सेवा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्