
एजेन्सी । दक्षिण अफ्रिका एक दिवसीय विश्वकप क्रिकेटको लागि छनौट भएको छ ।
बंगलादेश र आयरल्याण्डबीच मंगलबार भएको एक दिवसिय खेल वर्षाको कारण रद्द भएपछि दक्षिण अफ्रिकाले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
‘विश्वकप सुपर लिग’ प्रतियोगितामा शीर्ष आठ स्थान लिन सफल टोली एक दिवसीय विश्वकपको लागि स्वत छनौट हुने आइसीसीको प्रावधान छ ।
बंगलादेशविरुद्धको तीन खेलको एक दिवसीय श्रृंखला ३–० ले जितको भए आयरल्याण्ड उक्त वरियताको आठौं स्थानमा उक्लिदै विश्वकपमा छनौट हुन सक्दथ्यो । तर, बुधबारको खेल वर्षाले रद्द भएसँगै आयरल्याण्डको उक्त सम्भावना सकिएको छ ।
मंगलबारको खेलसँगै विश्वकपमा स्वतः छनौट हुने आठ टोलीको टुंगो लागेको छ । विश्वकप सुपर लिग वरियतामा शीर्ष आठ स्थानमा रहेका न्युजिल्याण्ड, इंग्ल्याण्ड, भारत, बंगलादेश, पाकिस्तान, अष्ट्रेलिया, अफ्गानिस्तान र दक्षिण अफ्रिका विश्वकपमा छानिएका छन् । बाँकी दुई टोलीको लागि विश्वकपको ग्लोबल छनौट प्रतियोगिता हुनेछ ।
विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ । उक्त प्रतियोगितामा नेपालसहित श्रीलंका, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमन, युएई र अमेरिका सहभागि हुँदैछन् । यी १० टोलमध्ये दुई टोलीले यही वर्ष अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटको १३ औं संस्करणमा भाग लिनेछन् ।
प्रतिक्रिया दिनुहोस्