७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मुम्बईले बेंगलोरलाई हरायो


728
Shares

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई हराएको छ ।

मंगलबार राति घरेलु मैदान वांनखडे स्टेडियममा मुम्बईले बेंगलोरलाई ६ विकेटले हराएको हो ।

जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १६ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

मुम्बईका लागि सूर्यकमार यादवले ८३ तथा निहाल वादेराले अविजित ५२ तथा इशान किशनले ४२ बनाए ।

बेंगलोरका लागि विजयकुमार बैशाख र वानिंदु हसरंगाले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो ।

बेंगलोरका लागि ग्लेन म्याक्सवेलले ६८, कप्तान फाफ डु प्लेसिसले ६५ तथा दिनेश कार्तिकले ३० रन बनाए ।

मुम्बईका लागि जेसन बेह्रेनडर्फले ३ तथा कुमार कार्तिके, क्रिस जोर्डन र क्यामरुन ग्रीनले समान १/१ विकेट लिए ।

जितसँगै मुम्बई १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बेंगलोर भने १० अंकका साथ सातौं स्थानमा छ ।