
एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।
मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा रियल र सिटीले १–१ को बराबरी खेलेका हुन् ।
खेलको ३६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाए । त्यसपछि, ६७ औं मिनेटमा सिटीका केभिन डि ब्रोएनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
पहिलो लेग रियलको घरेलु मैदानमा स्यान्टियागो वर्नबेउमा भएको थियो । अब दोस्रो लेगको खेल अर्को हप्ता सिटीको मैदानमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्