२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


धादिङका गाउँका विद्यालयलाई प्रविधिमैत्री बनाइने


416
Shares

धादिङ । धादिङको दुर्गम क्षेत्रमा पर्ने मण्डली सेकेण्डरी स्कुललाई दिलकुमारी केसी स्मृति प्रतिष्ठानले सहयोग गरेको छ ।

दुर्गम र आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर, ल्यापटप, प्रिन्टर र प्रोजेक्टलगायतका शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

दिलकुमारी केसी स्मृति प्रतिष्ठानकी अध्यक्ष उषा केसी कार्कीले सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलाई १२ थान कम्प्युटर, ल्यापटप, प्रिटर, प्रोजेक्टर सहितका शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो ।

अति बिपन्न समुदायका बालबालिका अध्ययन गर्ने भएकाले शिक्षालाई प्रविधिमैत्री बनाउन सामग्री बितरण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले यस्ता सामग्री बालबालिकाका लागि धेरै उपयोगी हुने बिश्वास व्यक्त गर्नुभयो ।