२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ


5.915k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

उहाँलाई प्रहरी परिसर टेकु लगिएको छ ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।

खाँण पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएको संख्या ११ पुगेको छ ।