२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चलचित्र ‘डाकिनी’ जेठ ५ गतेदेखि प्रदर्शनमा


104
Shares

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको चलचित्र ‘डाकिनी’ नेपाली हलमा प्रदर्शन हुने भएको छ ।

चलचित्र निर्माता कम्पनी षट्कोण आर्ट्सले यो ‘डाकिनी’ लाई जेठ ५ गते हलमा प्रदर्शन गर्न लागेको हो ।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो चलचित्रको नेपाली नाम ‘डाकिनी’ हो ।

चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय रहेको छ ।

बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो चलचित्र पनि यस्तै देवीको खोजीको कथा हो, जसले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउँछ ।

प्रदर्शनको पूर्वसन्ध्यामा रिम्पोछे अमेरिकादेखि नेपाल आउँदैछन् । उनको काठमाडौं आगमनकै छेको पारेर षट्कोण आर्ट्सले चलचित्रलाई रिलिज गर्न लागेको निर्माता म्याक्स दिपेश खत्रीले बताए ।

चलचित्रको सबै सुटिङ पनौती र पाटनमा भएको हो ।