
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए । सभामुखले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै बैठकमा शुन्य समयबाहेको समय नराखिएको जानकारी गराउनुभएको थियो । उहाँले आफ्नो कुराहरु शुन्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।
तर, राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखेपनि सभामुखले राप्रपाको बिरोधका बाबजुद शुन्य समयको लागि बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराउनुभयो । लगत्तै राप्रपा सांसदहरुले वेल घेराउ गरेपछि बैठक सञ्चालनमा झनै अवरोध पुगेको हो ।
यससँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्