१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


२५ दिनमा सकियो ‘ब्रह्माण्ड’ को पहिलो भागकाे छायांकन


1.261k
Shares

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा छायांकन भइरहेको सिरिज ‘ब्रह्माण्ड’ को पहिलो चरणको छायांकन सकिएको छ ।

छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको छ । कुल आठ एपिसोडको हुने यो सिरिजको लम्बाइ आठ घण्टा हुने जनाइएको छ ।

सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ्ग, राजन खतिवडा, सरीता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय छ ।

सिरिजको लेखन तथा निर्देशन रहेको ‘ब्रह्माण्ड’ को छायांकार पुरुषोत्तम प्रधान, प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन् भने यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन् ।

‘ब्रह्माण्ड’ लाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा ओटीटी प्लेटफर्ममा प्रदर्शन गरिनेछ ।